१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

सेभेन सिज इन्टरटेनमेन्टले ‘पूर्णबहादुरको सारंगी’ निर्माण गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२९:oo

अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहँदै आएको सेभेन सिज इन्टरटेनमेन्टले ‘पूर्णबहादुरको सारंगी’को निर्माण घोषणा गरेको छ। शुक्रबार मोसन पोस्टर सार्वजनिक गर्दै सेभेन सिज इन्टरटेनमेन्टले औपचारिक घोषणा गरेको हो।

फिल्मलाई २०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य रहेको निर्माण पक्षले जनाएको छ। सार्वजनिक गरिएको मोसन पोस्टरमा मौलिक कथा र कलात्मक प्रस्तुति रहने बुझ्न सकिन्छ।

मोसन पोस्टरमा सारंगीको मीठो धुन अनि पहाडको बाटो, अगाडि बुढो रुख नजिकै देखिन्छन् एक व्यक्ति। जसले काँधमा सारंगी झुन्ड्याएका छन् र काँधमा बच्चा बोकेका छन्। बच्चाले सोध्छ– तिमी मलाई सधैँ किन काँधमा बोकेर हिँड्छौ?

हाँस्दै बाउले जवाफ दिन्छ– मभन्दा ठूलो मान्छे होलास्, मैलेभन्दा परसम्म देख्लास् भनेर। यतिभन्दा ऊ भक्कानिसकेको हुन्छ। गला अवरुद्ध हुन्छ। थप बोल्न सक्दैन।

विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने यो फिल्मलाई सरोज पौडेलले लेखन तथा निर्देशन गर्दै छन्। रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त सिवाकोटीको संगीत छ।