१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:१३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

ड्रिम इन्टरनेसनल होटेलले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:१३:oo

ड्रिम इन्टरनेसनल होटेलले साधारण सेयर (आइपिओ) जारी गर्ने निर्णय गरेको छ। पब्लिक कम्पनीमा रूपान्तरण गरी आइपिओ निष्काशनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको होटेलले जनाएको छ। 

ड्रिम इन्टरनेसनल होटेलको तर्फबाट अध्यक्ष गोपाल राना र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

पर्यटन उद्योगमा फरक पहिचान बनाएको ड्रिम ग्रुपअन्तर्गतको ड्रिम इन्टरनेसनल होटेलले सर्वसाधारणलाई समेत पर्यटन उद्योगमा जोड्ने लक्ष्यसहित सार्वजनिक सेयर निष्काशन प्रक्रिया अघि बढाएको होटेलका अध्यक्ष गोपाल रानाले बताए।

पश्चिम नेपालकै व्यापारिक तथा पर्यटकीय सहर बुटवलमा रहेको ड्रिम इन्टरनेसनल होटेलले सहलगानी गर्दै देशका ७ वटै प्रदेश तथा पर्यटकीय गन्तव्यहरूमा होटेल स्थापना गर्ने योजना बनाएको जनाएको छ।