मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १o:५o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

शैल्यशिखरका दलित बस्तीमा धारा बने तर पानी छैन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:५o:oo

गाउँमा पानी ट्यांकी बनेको छ। घरनजिकै पानी धारा पनि बनेका छन्। तर, धारासम्म पानीको पाइप पुगेको छैन। स्थानीय धारा बन्दाको क्षण खुसी पनि बनेका थिए। तर, जब उपभोक्ता समिति अध्यक्षले काम सकियो भने तब स्थानीय चकित बने।

यो प्रसंग हो, शैल्यशिखर नगरपालिका–३ को जुगेपानी बस्तीको। ३७ परिवार दलित समुदाय रहेको क्षेत्रमा ०६२/६३ मा खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयबाट खानेपानी पुर्‍याइएको थियो। तर, अहिले ती धारामा पानी छैन। निर्माणपछि मर्मतसम्भार भएको छैन।

‘अहिले स्थानीयले गाउँबाट झन्डै एक घण्टा हिँडेर पानी खानुपरेको छ,’ शैल्यशिखर नगरपालिका–३ का स्थानीय नवीनराम कामीले भने, ‘अहिलेको देथलाभन्दा एक घण्टा उकालो चढ्नुपर्छ। बाहिरबाट हेर्दा गाउँमा पानी पुगेको जस्तो देखिन्छ। तर, गाउँमा पुगेपछि धारामा पानी हुँदैन।’ यहाँ गैरदलित दुई परिवार मात्रै छन्।

घरमा एकजनाको दिनभरि ड्युटी पानी बोक्ने मात्र हुन्छ। गाउँसम्म पुग्न राम्रो बाटो बनेको छैन। ‘स्थानीय सरकार आएको पनि लामो समय भइसक्यो,’ उनले भने, ‘तर दलित बस्तीलाई हेपेकोहेपेई भयो,’ धारासम्म पाइप जडान गरिएको छैन। गाउँभन्दा झन्डै दुई किलोमिटर टाढा ओसिलबाट पानी ल्याइएको हो। पानीकै लागि पटक-पटक सरोकारवाला निकायलाई हारगुहार पनि भयो, तर समाधान कहीँबाट भएन,’ कामीले भने । 

बाहिरबाट आएर खानेपानी योजनाको काम पनि गर्छन्। तर, गाउँमा पानी नपुग्दै योजना फरफारक हुने गरेको स्थानीय पुन्टे कामी बताउँछन्। हाम्रा नाममा बजेट आए पनि अरूले नै स्वाहा पारेका छन्। हिउँदको वेला पानीको लागि निकै समस्या छ। एकजनाले दिनभरि पानी बोक्ने मात्रै काम हुन्छ। भिरालो ठाउँमा बस्ती भएका कारण नजिक पानीको मुहान पनि छैन, पुन्टेले सुनाए। गाउँसम्म पुग्न सडक छैन। घोरेटो बाटोसमेत भर्खरभर्खरै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत निर्माण भइरहेको छ। 

शैल्यशिखर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष पदमबहादुर चन्द दलित बस्तीमा आफूले खानेपानी कार्यालयमा काम गर्दा खानेपानी योजना बनाए पनि अहिले मर्मत नहुँदा समस्या भएको सुनाउँछन्। उनले भने, ‘खानेपानी निकै समस्या छ। अहिले त्यो क्षेत्रमा लिफ्टिङमार्फत खानेपानी पुर्‍याउने गरी योजना माग गरेको छु। खानेपानी समाधानको लागि खानेपानी विभागमा पहल भइरहेको छ।’ 

खानेपानी समस्याको बारेमा आफूले विभागमा पत्रचार गरेको र आगामी वर्षको बजेटमा पर्ने गरी पहल भएको वडाध्यक्ष चन्दले बताए।