१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o६:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बिदा मनाउन आउने विदेशी पर्यटक ६२ प्रतिशत

पर्यटनबाट करिब ७३ अर्ब आम्दानी, पर्यटकको प्रतिदिन औसत खर्च ४१ अमेरिकी डलर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:१२:oo

नेपाल भित्रिने कुल पर्यटकमध्ये ६२.५ प्रतिशत पर्यटक बिदा मनाउने उद्देश्यले आएको पर्यटन मन्त्रालयले जनाएको छ । सन् २०२३ मा विभिन्न देशबाट १० लाख १४ हजार ८८२ पर्यटक नेपाल भ्रमणमा आएका थिए । जसमध्ये ६ लाख ३४ हजार ३०१ पर्यटक बिदा मनाउन आएको पर्यटन मन्त्रालयले प्रकाशित गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । यस्तै, एक लाख ५४ हजार २६२ पर्यटक ट्रेकिङ र हिमाल चढ्न आएका थिए । यो संख्या कुल पर्यटकको १५.२ प्रतिशत हो ।

पछिल्ला वर्षहरूमा हिमाल आरोहण र ट्रेकिङका लागि आउने विदेशी पर्यटक बढ्दै गइरहेका छन् । नेपालको सगरमाथा, अन्नपूर्ण सर्किट, खप्तड, फोक्सुन्डो, डोल्पो क्षेत्र, माछापुच्छ्रे, अन्नपूर्णलगायत विभिन्न हिमालका बेसक्याम्प ट्रेकिङका आकर्षक गन्तव्य बन्दै आइरहेका छन् । साउनदेखि चैतसम्म अन्नपूर्ण क्षेत्रमा एक लाख ४४ हजार पर्यटक पुगेका छन् । 

गत वर्ष धार्मिक पर्यटकको संख्या एक लाख ३३ हजार रहेको थियो, जुन कुल पर्यटकको १३.१ प्रतिशत थियो । यस्तै, अन्य उद्देश्यसहित आउने पर्यटक ९३ हजार ३७० अर्थात् ९.२ प्रतिशत रहेका थिए । नेपालको पशुपति, मुक्तिनाथ, जनकपुर, लुम्बिनीलगायतमा आउने विदेशी भक्तजनहरू धेरै हुन्छन् । 

 प्रतिव्यक्ति प्रतिदिन ४१ डलर खर्च
सन् २०२३ मा नेपाल भ्रमणमा आएका पर्यटकबाट ५४ करोड ८२ लाख अमेरिकी डलर अर्थात् करिब ७३ अर्ब रुपैयाँ (एक डलरको नेपाली विनिमयदर १३३ रुपैयाँ) आम्दानी भएको पर्यटन मन्त्रालयले जनाएको छ । पर्यटकले प्रतिव्यक्ति प्रतिदिन औसत खर्च ४१ अमेरिकी डलर खर्च गरेका छन् । सन् २०२२ मा पर्यटनबाट ३५ करोड ९७ लाख अमेरिकी डलर आम्दानी भएको थियो । त्यस वर्ष प्रतिव्यक्ति प्रतिदिन औसत खर्च ४०.५ अमेरिकी डलर थियो । 

गत वर्ष पर्यटकको औसत बसाइ १३.२ दिन रहेको छ । अघिल्लो वर्ष सन् २०२२ मा औसत बसाइ १३.१ दिन, २०२१ मा १४.५, २०२० मा १५.१ दिन रहेको थियो । तथ्यांकले नेपालमा पर्यटकको औसत बसाइदर घट्दै गएको देखिन्छ । सन् १९७५ मा पर्यटकको औसत बसाइ १३.०५ दिन थियो । यसबीचमा सबैभन्दा धेरै बसाइ सन् २०२१ मा १५.५ दिन रहेको छ ।

सन् २०२३ मा कतार एयरलाई उछिन्दै नेपाल एयरलाइन्स सबैभन्दा धेरै अन्तर्राष्ट्रिय यात्रु बोक्ने एयरलाइन्स बनेको छ । सन् २०२२ मा सबैभन्दा धेरै यात्रु बोक्नेमा कतार एयर थियो । गत वर्ष दोस्रो नम्बरमा कतार एयरवेज, तेस्रोमा हिमालय एयरलाइन्स, चौथोमा इन्डिगो एयर र पाँचौँ नम्बरमा फ्लाई दुबई रहेका छन् । 

ad
ad