Skip This
सल्यान दुर्घटना : गम्भीर घाइतेलाई थप उपचारका लागि कोहलपुर लगियाे [अपडेट] 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
Invalid date format १५:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सल्यान दुर्घटना : गम्भीर घाइतेलाई थप उपचारका लागि कोहलपुर लगियाे [अपडेट] 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:o८:oo

सल्यानमा आज भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये चारजनालाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ।

इलाका प्रहरी कार्यालय थारमारेका प्रहरी निरीक्षक नवीन थापामगरले दिएको जानकारीअनुसार  तुलसीपुर उपमहानगरपालिका– ४ का ४६ वर्षीय विष्णु विक, रुकुम त्रिवेणी गाउँपालिका– २ की २२ वर्षीया चित्रा पुन, निजका ६ वर्षीय छोरा रमेश पुनमगर र तुलसीपुर– १९ बिजौरीका २९ वर्षीय कृष्ण चौधरीलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको हो। 

चारैजनालाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि रेफर गरिएको प्रहरी निरीक्षक मगरले जानकारी दिए। उनका अनुसार अन्य १० जना घाइतेको थारमारे प्राथमिक केन्द्र तथा स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको छ। 

दाङको घोराहीबाट पूर्वी रुकुमतर्फ गइरहेको यात्रुवाहक बस सल्यानको बागचौर नगरपालिका– २ ठिङबाङ खोलामा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परी २२ जना घाइते भएका थिए। 

घाइतेमध्ये आठजनाको अवस्था सामान्य रहेकाले दुर्घटनालगत्तै उनीहरू घर फर्किसकेकाले सल्यान प्रहरीले यसअघि १४ जना घाइते भएको विवरण सार्वजनिक गरेको थियो। बस अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।