Skip This
नेप्सेमा झन्डै १७ अंककाे गिरावट, काराेबार रकम पनि खुम्चियाे
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेमा झन्डै १७ अंककाे गिरावट, काराेबार रकम पनि खुम्चियाे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o९:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ को विन्दुमा कायम भएको हो।

आज तीन सय १४ कम्पनीका ७२ लाख २३ हजार सात सय ७३ कित्ता सेयर ५० हजार पाँच सय २४ पटक खरिद–बिक्री हुँदा रु. दुई अर्ब ७९ करोड ७५ लाख ७७ हजार चार सय ३२ बराबरको कारोबार भएको छ।

सबै समूहको उपसूचक घटेका छन्। सबैभन्दा धेरै वित्त समूह १.६४, उत्पादन तथा प्रशोधन १.५९ र होटेल तथा पर्यटन समूह १.१५ प्रतिशतले घटेको छ।

माछापुच्छ्रे डिभेञ्चर २०८७ को सेयर मूल्य ७.०९ र मेन्छियाम हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ७.०५ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनी लिमिटेडको रु. १७ करोड ७३ लाख ६८ हजार दुई सय ९५ बराबरको पाँच लाख २७ हजार नौ सय २६ कित्ता सेयर किनबेच भएको छ।