१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o६:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : अति परिचयको क्षति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:o७:oo

एकपटक गोस्वामी तुलसीदास कासीमा विद्वान्बीच भागवत् चर्चा गरिरहेका थिए । अचानक त्यहाँ उनका निकट परिचित दुई गाउँले मित्र आइपुगे । गंगास्नानका लागि आएका भए पनि भागवत् चर्चा चलिरहेको सुनेर उनीहरू त्यहीँ रोकिए । उनीहरूले टाढैबाट आफ्नै गाउँका तुलसीदासलाई चिनिहाले ।

दुईमध्ये एकले औँलाले तुलसीदासलाई देखाउँदै भने– ए केटा, हेर् त उता ! त्यो हाम्रो गाउँको रामबोला होइन ? हामीसँगै खेलेर हुर्केको केटो अहिले मान्छेहरूलाई क्या गफ दिँदै रहेछ । फेरि सोझासीधा मानिस पनि उसका कुरा बडो तन्मयतापूर्वक सुनिरहेका छन् । यो सब के चक्कर हो ? अर्का साथीले उनका कुरामा सही थाप्दै भने– हो त नि, मलाई यो बहुरूपी ठग जस्तो पो लाग्यो हेर् त, कस्तो कत्ति न जानेको जस्तो ढोँग गरिरहेको छ । पहिले त ऊ यस्तो थिएन । अहिले वेश बदलेर मानिसहरूलाई उल्लु बनाइरहेको रहेछ । 

केहीबेरमै तुलसीदासले पनि उनीहरूलाई देखे । गाउँका मित्रहरू देख्नासाथ आसनबाट उठेर उनी ती दुवै गाउँले बसिरहेको स्थानमा पुगे र सन्चो–बिसन्चोको खबर सोधे । दुईमध्ये एक मित्रले उनलाई सोधे– ओइ केटा, तैँले यो कस्तो वेश धारण गरिस् हँ ? तैँले सबैलाई अँध्यारोमा राखेर उल्लु बनाए पनि हामीलाई सक्दैनस् । हामी तँलाई राम्ररी चिन्छौँ । तँ यहाँ मिठो बोलेर सबैलाई प्रभावित गर्न खोजिरहेको छस्, तर हामी यस्ता कुराबाट प्रभावित हुनेछैनौँ । तँ ढोँग गर्दै छस् भन्ने हामीलाई थाहा छ । 

तुलसीदासलाई उनीहरूको अज्ञानतामाथि दया जाग्यो । उनले प्रत्यक्षतः केही भनेनन्, मुसुक्क मुस्कुराए मात्र । उनले मनमनै एक कविता स्मरण गरे, जसमा भनिएको थियो– कुनै पनि साधु आफ्नो जन्म गाउँ या सहर फर्केर जानु हुँदैन । किनकि, त्यहाँका मानिसले उसमा प्रकट भएको साधुता या सद्गुण चिन्न सक्दैनन् । उसलाई पुरानै नाम या व्यक्तित्वका रूपमा लिन्छन् । साधुमा उत्पन्न ज्ञान, वैराग्य या भक्तिबारे उनीहरूको कुनै चासो हुँदैन ।

ad
ad