१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १७:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विश्व युवा सम्मेलन थाइल्यान्डमा सम्पन्न, प्रतिष्ठित युवाहरू सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:o१:oo

विश्व युवा सम्मेलन थाइल्यान्डमा सम्पन्न भएको छ। ग्लोबल युथ पार्लियामेन्टद्वारा बैंककमा आयोजित दुईदिने द योङ एचिभर्स समिट एन्ड अवार्ड २०२४ आइतबार सम्पन्न भएको हो।

बैंककस्थित सुकुम्बितमा आयोजित समारोहमा थाइल्यान्डको प्रतिनिधिसभा सांसद सुपाकोन तांगटिफाइबुँतना र डिफेन्स कमिसनका अध्यक्ष विरोज लाखनाडिसोरान, योङ जेनेरेसन नेटवर्क (वाइजिएन)को संयोजक नाथाकृत छाइछनाकुल, विभिन्न देशका युवा प्रतिनिधि सहभागी थिए।

ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालका अनुसार बैठकमा २० जनाभन्दा बढी युवाई योङ एचिभर्स अवार्ड प्रदान गरिएको छ। ग्लोबल युथ पार्लियामेन्ट अवार्ड सन् २०१७ देखि सुरुवात भएको हो। यो हरेक वर्ष हुँदै आएको छ।

युवा सम्मेलनमा ८२ भन्दा बढी देशका युवाले सहभागिता जनाइसकेका छन्। युथ पार्लियामेन्ट युवाहरूले आफ्नो आवाज बुलन्द गर्ने प्लेटफर्मका रूपमा चिनिन्छ। नेतृत्व विकास, युवा सशक्तीकरण, जलवायु परिवर्तनले युवामा पारेको असरलगायत वैश्विक समस्याबारे छलफल हुने गरेको छ।

यसपटक एआई प्लेटफर्म र डिप्लोमेसी तथा जलवायु परिवर्तनले युवाहरूमा पारेको प्रभावबारे छलफल भएको उपाध्यक्ष कैलाश श्रेष्ठले जानकारी दिए।