१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
तस्बिर : एसियन क्रिकेट काउन्सिल
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १८:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

दीपेन्द्रको विस्फोटक ब्याटिङमा कतारलाई २११ रनको लक्ष्य

एकैओभरमा दीपेन्द्रको ६ छक्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १८:o३:oo

एसिसी प्रिमियर कपमा नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ। दीपेन्द्रसिंह ऐरीको विस्फोटक ब्याटिङमा नेपालले सात विकेट गुमाएर २१० रन जोडेको हो।

ओमानको अल अमेरात मैदानमा दीपेन्द्र र आसिफ शेखले अर्धशतक बनाए। २१ बल खेलेका दीपेन्द्रले तीन चौका र सात छक्काको मद्दतले सर्वाधिक ६४ रन बनाए। अन्तिम ओभरको सबै बलमा उनले छक्का लगाए। यसैगरी, ४१ बल खेलेका आसिफ शेखले ६ चौकाको मद्दतले ५२ रन जोडे।

ओपनर कुशल भुर्तेल १२, कुशल मल्ल ३५ र क्याप्टेन रोहित पौडेल १८ रन बनाएर आउट भए। सन्दीप जोरा सात तथा गुल्सन झा र विवेक यादव पाँच -पाँच रन जोडेर पेभेलियन फर्किए।

टस हारेर पहिले बलिङको निम्तो पाएको कतारका लागि हिमांशु राठोर र मुसवर साहले समान तीन–तीन विकेट लिँदा अमिर फारुकले एक विकेट निकाले।

ad
ad