मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
रासस काठमाडौं
Invalid date format १७:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंमा स्कुटर दुर्घटनामा एकको मृत्यु

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४१:oo

काठमाडौंमा शनिबार स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–३२ कोटेश्वरनजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो।

दुर्घटनामा स्कुटरचालक काठमाडौं पेप्सिकोला बस्ने ५२ वर्षीय रामशरण केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।