मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १२:२५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

४९ किलोमिटर लामो ‘जुम्ला‐रारा अल्ट्रा म्याराथन’ सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२५:oo

४९ किलोमिटर लामो जुम्ला–रारा अल्ट्रा म्याराथनको पाँचौँ संस्करण सुरु भएको छ। कर्णाली स्पोर्टस् क्लब जुम्लाको आयोजनामा नयाँ वर्षको पहिलो दिन ‘जुम्ला–रारा अल्ट्रा म्याराथन २०८१’ सुरु भएको हो।

जुम्लादेखि मुगुको राराताल जाने पदमार्गको प्रवर्द्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने उद्देश्यले म्याराथन आयोजना गरिएको आयोजकले जनाएको छ। म्याराथनको उद्घाटन युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले गरेका हुन्।

सो क्रममा मन्त्री श्रेष्ठले आगामी वर्षदेखि यो प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को वार्षिक कार्यक्रम क्यालेन्डरमा राखिने प्रतिबद्धता जनाए। 

समुद्री सतहबाट दुई हजार तीन सय मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलंगाबाट सुरु हुने म्याराथन तीन हजार तीन सय मिटरको उचाइमा रहेको डाँफे लेक, चार हजार एक सय मिटरको उचाइमा रहेको चुच्चेमारा लेक हुँदै दुई हजार ८९० मिटरको उचाइमा रहेको राराताल छेउमा समापन हुनेछ।

चार विदेशीसहित ५७ जना जुम्लादेखि मुगुको रारातालसम्म दौडेका छन्। ५-६ घण्टाको अन्तरालमा राराताल पुग्ने अनुमान गरिएको क्लबका अध्यक्ष सरोज शाहीले बताए।

आजै भएको पाँच किलोमिटर खुला दौडमा कर्मचारीतर्फ पदमराज धिताल प्रथम, ओमन महतारा दोस्रो र पूर्णराज गिरीले तेस्रो स्थान हासिल गरेका छन्। व्यापारीतर्फ पाँच किलोमिटरको दौडमा महिलातर्फ छाया उपाध्याय प्रथम, अनिता बुढा दोस्रो र मीना देवकोटा तेस्रो हुँदा पुरुषतर्फ नेत्र कुँवर प्रथम, गणेश महत दोस्रो र धर्मेन्द्र बुढा तेस्रो भएका छन्।