मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
रासस बेइजिङ
Invalid date format १८:४५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

मध्यपूर्वमा ‘रचनात्मक भूमिका’ निर्वाह गर्न अमेरिकालाई चीनको आग्रह

Read Time : < 1 मिनेट
रासस, बेइजिङ
नयाँ पत्रिका
Invalid date format १८:४५:oo

चीनले संयुक्त राज्य अमेरिकालाई मध्यपूर्वमा ‘रचनात्मक भूमिका’ निर्वाह गर्न आग्रह गरेको छ। चीनका विदेशमन्त्री वाङ यीले आफ्ना अमेरिकी समकक्षी एन्टोनी ब्लिंकेनसँग टेलिफोन वार्तामा उक्त आग्रह गरेका हुन्।

ब्लिंकेनले बेइजिङसँग इरानलाई इजरायलमा हमला रोक्नका लागि आफ्नो प्रभाव प्रयोग गर्न आग्रह गर्नका लागि फोन गरेका अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। अप्रिल १ मा भएको इजराइली हमलामा दमास्कसमा इरानी कूटनीतिक भवन ध्वस्त भएपछि तेहरानको प्रतिशोधले चिन्ता बढाएको छ।

शुक्रबार टेलिफोन वार्ता भएको चीनले पुष्टि गरेको छ। चिनियाँ विदेशमन्त्री वाङले कूटनीतिक संस्थाहरूको सुरक्षाको ‘अनुल्लंघनीय’ अधिकार र इरान तथा सिरियाको सार्वभौमिकताको सम्मान गर्ने आवश्यकतामाथि जोड दिँदै ‘हमलाप्रति चीनको कडा निन्दा व्यक्त’ गरे।

‘चीनले मध्यपूर्व मुद्दाको समाधानमा रचनात्मक भूमिका निर्वाहलाई जारी राख्नेछ र स्थितिलाई शान्त बनाउन योगदान गर्नेछ,’ चीनका विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भने, ‘विशेषगरी संयुक्त राज्य अमेरिकाले रचनात्मक भूमिका निर्वाह गर्नुपर्छ।’

इरानको मौलवी नेतृत्वले हमलाको जवाफी हमला गर्ने वाचा गरेको छ। दूतावासमा भएको हमलामा दुई जनरलसहित इरानको रिभोल्युसनरी गार्डका सात सदस्य मारिएका थिए।

अमेरिकाले चीनसँग हमासको समर्थन गर्ने इरानमाथि दबाबसहित संकट समाधानका लागि थप प्रयास गर्न बारम्बार सार्वजनिक अपिल गरेको छ। बदलामा बेइजिङले इजराइलप्रति पक्षपाती भएको भन्दै अमेरिकाको आलोचना गरेको छ।

प्रवक्ता माओले शुक्रबार भने, ‘गाजा संघर्ष चाँडोभन्दा चाँडो समाप्त गर्न जरुरी छ।’ उनले बेइजिङले तत्काल युद्धविरामको आह्वान गरिरहेको बताए।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार गाजा युद्ध सञ्चालनका लागि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको आलोचना गरे पनि इजरायलको सुरक्षाका लागि अमेरिकी समर्थन ‘दृढ’ रहेको बताएका थिए।