१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format १६:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभामा एक पुरुषको बेवारिसे शव फेला

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १६:३३:oo

संखुवासभाको मकालु गाउँपालिकामा एक पुरुषको बेवारिसे शव फेला परेको छ।

सोमबार बिहान मकालु– ५ नुम बजारदेखि आम्राङ जाने सडकमुनि अलैँची बगानमा बेवारिसे शव फेला परेको हो। स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए।

सडकमुनि अलैँची बगानमा करिब ४५–५० वर्षको पुरुषको शव सडेगलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोककुमार जबेगूले बताए। घटनास्थलमा प्रहरी पुगी प्रारम्भिक मुचुल्का तयार पर्ने र शवको पहिचान गर्ने काम भइरहेको प्रहरी निरीक्षक जबेगूले बताए।

उक्त क्षेत्रमा नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना र उत्तर–दक्षिण कोशी सडकको काम निरन्तर रूपमा भइरहेको हुँदा बाहिरका मजदुरहरू धेरै आवतजावत गरिरहन्छन्।