मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
Invalid date format १२:२२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

जुम्लामा वैशाख दोस्रो सातादेखि कृषि पर्यटन महोत्सव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२२:oo

जुम्ला स्याउ र ओखर खेतीका लागि निकै प्रसिद्ध क्षेत्र हो। यहाँको रैथाने बाली कालिमार्सी धान (चामल), चिनो, कागुनो, फापर, सिमीको बजारमा उत्तिकै माग हुन्छ। बजारमा माग र मूल्य पाउने रैथाने बाली भने अहिले जुम्लामा निकै कम उत्पादन हुने गरेको छ।

उत्पादन वृद्धिसँगै कृषि क्षेत्रको महत्व प्रचारप्रसार गर्नका लागि बृहत् कृषि पर्यटन सांस्कृतिक महोत्सव हुने भएको छ। आगामी वैशाख १२ देखि २३ गतेसम्म राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाको आयोजना र एके इभेन्ट बहुउद्देश्यीय प्रालि सुर्खेतको सहयोगमा कृषि पर्यटन महोत्सव हुने भएको हो।

कृषि पर्यटन प्रवर्द्धन र स्थानीय कलाकारको खोजीका लागि महोत्सव सञ्चालन गर्न थालिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाका अध्यक्ष कर्ण बुढथापाले बताए। महोत्सव चन्दननाथ नगरपालिका– ५ राजासिममा सञ्चालन हुनेछ। व्यापारीका सटर बन्द हुने अवस्थामा पुगेको वेला महोत्सवले व्यापार प्रवर्द्धनमा सहयोग पुग्ने उनको भनाइ छ।

महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकार जुम्ला आउने छन्। प्रत्येक दिन दुईजना राष्ट्रिय कलाकारको सहभागिता रहने अध्यक्ष बुढथापाको भनाइ छ। स्थानीय कलाकारलाई पनि विशेष प्राथमिकता दिइनेछ।

प्रतिष्ठानका सचिव विश्वराज खत्रीले पर्यटन प्रवर्द्धन र संस्कृति संरक्षण गर्नका लागि महोत्सवको आयोजना गर्न थालिएको बताए। महोत्सवमा नृत्य, गायन, क्यारिकेचर र देउडालगायतका प्रस्तुति रहनेछन्। महोत्सव हाताभित्र विभिन्न कृषिसँग सम्बन्धित स्टल पनि रहनेछन्।

जुम्लाबाट राष्ट्रियस्तरमा चर्चामा रहेका कलाकार छत्र शाही, सुरज पण्डित, कालीकोटका इस्व्यु सञ्जालसहितका कलाकार महोत्वसमा सहभागी हुने बताइएको छ।