Skip This
देशको प्रमुख समस्या राजनीतिक अस्थिरता : डा. सिके राउत 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २९ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o चैत २९ बिहीबार o९:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देशको प्रमुख समस्या राजनीतिक अस्थिरता : डा. सिके राउत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत २९ बिहीबार o९:४o:oo

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले देशको प्रमुख समस्या भनेकै राजनीतिक अस्थिरता रहेको बताएका छन् । गैरआवासीय मधेशी संघ साउदी अरबद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा. राउतले राजनीतिक अस्थिरताका कारण नेपालमा सरकार धेरै परिवर्तन हुने गरेको बताएका छन् ।

सरकार छिटोछोटो परिवर्तन हुँदा योजना लागू हुन नसक्ने अवस्था रहेको भन्दै डा. राउतले अस्थिरता ल्याउने गरी सरकार परिवर्तन भइरहने परिपाटी बन्द हुनुपर्ने बताए । देशको यस्तै अवस्थाले लगानीको वातावरण बन्न नसकेको र लगानी गर्न चाहने समुदाय र संस्थाहरूले चासो नराखेको डा. राउतको भनाइ छ । 

यस्तै, डा. राउतले नेपालकाे हरेक क्षेत्रमा भ्रष्टाचारले जरो गाडेको बताएका छन् । बच्चाको जन्मदर्तादेखि योजना कार्यान्वयनसम्ममा भ्रष्टाचार हुने गरेको भन्दै देशलाई भ्रष्टाचारमुक्त बनाउन अति आवश्यक भइसकेको बताए ।

चुनावताका घोषणा गरिएको रोजगारी सिर्जना गर्न जनमत पार्टीको बहुमतको सरकार नभएकाले सम्भव नभएको उनको भनाइ छ। संघमा एक सय ६५ सिटमध्ये एक सिटमा मात्र निर्वाचित भएकोले घोषणा गरिएअनुसार पार्टीको भिजन लागू गर्न नसकिएको उनले बताए । 

साउदी अरबको जुबेलमा आयोजित कार्यक्रममा डा. राउतले निर्वाचनको समयमा घोषणा गरिएअनुसारको योजना कार्यान्वयन गर्न कम्तीमा प्रदेशमा पनि आफ्नो बहुमतको सरकार भएको भए विकास, रोजगारीको क्षेत्रमा व्यापक काम भइसक्ने उनको जिकिर छ। 

अब अगामी २०८४ सालमा हुने निर्वाचनका लागि अहिलेदेखि नै सोच्नुपर्ने र स्थानीय, प्रदेश र संघमा पनि सशक्त भूमिकामा रहने गरी जनमत पार्टीलाई जिताउनुपर्ने डा. राउतको भनाइ रहेको छ । 

कार्यक्रम जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाह, कार्यकारिणी सदस्य निर्मल मण्डललगायतका नेताको सहभागिता रहेको गैरआवासीय मधेशी संघका सल्लाहकार दिनेश साहले जानकारी दिए । कार्यक्रममा रोजगारीका क्रममा साउदी अरबमा कार्यरत सयौँ नेपालीको सहभागिता रहेको थियो ।