१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार २२:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमाले ओखलढुंगाको अध्यक्षमा जिवी खड्का विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २२:१o:oo

एमाले ओखलढुंगाको अध्यक्षमा ज्ञानबहादुर खड्का जिवी विजयी भएका छन्।
बुधबार सम्पन्न १०औँ जिल्ला अधिवेशनबाट निकटतम प्रतिस्पर्धी हर्कबोल राईलाई १३ मतले पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन्। 

खड्काले १४४ र राईले १३१ मत प्राप्त गरे। अध्यक्षका अर्का उम्मेदवार तारा कार्कीले तीन मत ल्याइन्।

उपाध्यक्षमा कमलप्रसाद न्यौपाने विजयी भएका छन्। झम्कहरी बडाललाई ९५ मतले  पराजित गर्दै न्यौपाने विजयी भएका हुन् । न्यौपानेले १८२ र बडाले ८७ मत ल्याए।

सचिवमा अशोक थापा निर्वाचित भए। प्रतिस्पर्धी टंकलाल गिरीलाई ३९ मतले पराजित गर्दै थापा निर्वाचित भएका हुन्। थापाले १५२ र गिरीले ११३ मत प्राप्त गरे।

दुई उपसचिवमा राजिव कट्वाल र अस्मिता थापा विजयी भए । कट्वालले दामोदर धमला र थापाले रमिला मगरलाई पराजित गरिन् । कट्वालले १३८ र धमलाले १२९ मत ल्याए भने महिला उपसचिवमा थापाले १७४ र मगरले ९८ मत ल्याइन् ।

जिवी खड्कालाई प्रदेश कमिटी सदस्य तथा पूर्वमन्त्री अम्बिरबाबु गुरुङ र निवर्तमान उपाध्यक्ष तथा संविधानसभा सदस्य रहेका हर्कबोल राईलाई केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य यज्ञराज सुनुवारको समर्थन थियो । 

निर्वाचित अध्यक्ष खड्का प्यानलबाट उपाध्यक्ष, सचिव र एक उपसचिव कट्वालले जितेका छन् । राई प्यानलबाट पदाधिकारीमा एक उपसचिव निर्वाचित भए ।

ad
ad