मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सदनमा प्रदीप यादवको प्रश्न : खाली खुट्टा आएका नेताको काठमाडौंमा महल र चारवटा पजेरो कहाँबाट आयो?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:o८:oo

जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले ०४६ यताका नेतादेखि कर्मचारीसम्म सबैको सम्पत्ति छानबिन हुनुपर्ने माग गरेका छन्। 

प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद यादवले खाली खुट्टा आएका नेताको महल र गाडीसहित आलिसान जीवनयापनको खोजबिन हुनुपर्ने बताए। 

गणतन्त्र आएको १७ वर्षमा जनता निराश रहेको, निःशुल्क शिक्षा, स्वास्थ्य नपाएको र गणतन्त्र नै अनुभूति गर्न नपाएको भन्दै यादवले नेताहरूको मोजमस्ती बढेको टिप्पणी गरे। 

‘०४६ पछिका काण्डको छानबिनको कुरा धेरै आयो। छानबिन गर्न जसपा पनि माग गर्दछ,’ उनले भने, ‘खाली खुट्टा आएका नेताको बहुदलपछि घरघरमा चारवटा पजेरो र चारवटा भवन काठमाडौंमा कहाँबाट आयो? छानबिन गर्नुपर्छ।’ 

छानबिन भए मात्रै जनताको निराशा हट्ने उनको भनाइ छ। ‘गल्ती गरेको नेतालाई कानुनी कठघरामा ल्याइयो भने जनतामा आशा छाउँछ,’ उनले भने, ‘कर्मचारीतन्त्रको पनि सम्पत्ति छानबिन गर्नुपर्छ।’ 

संसद्ले बढीभन्दा बढी विधेयक बनाउनुपर्नेमा अहिले लडाइँ झगडामा बितिरहेको भन्दै यादवले सहकारीको डुबेको अर्बाैँ रुपैयाँ फर्काउनका लागि ध्यान जान जरुरी रहेको बताए।