१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 02 June, 2025
तस्बिर : अमुल थापा/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विपक्षी दलहरूको अवरोधले प्रतिनिधिसभा बैठक पुनः स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:२६:oo

प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध भएको छ । कांग्रेस, राप्रपा, लाेसपालगायतका प्रतिपक्षी दलको अवरोधका कारण आजको बैठक स्थगित भएको हो।

सभामुख देवराज घिमिरे उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्ने तय भएको विषय कार्यसूचीबाट हटाएपछि प्रमुख प्रतिपक्ष कांग्रेसले बैठकको आकस्मिक समय चलाउन दिन तयार भएको थियो। 

बैठक सुरु भएपछि आकस्मिक समय लिएर कांग्रेसका रामहरि खतिवडा, एमालेका सूर्यबहादुर थापा, माओवादीका माधव सापकोटा, रास्वपाका मनीष झा, राप्रपाका ज्ञानेन्द्रबहादुर शाही, जसपाका प्रदीप यादव, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, स्वतन्त्र सांसदहरू प्रभु साह, अमरेशकुमार सिंहलगायतले धारणा राखेका थिए। 

त्यसपछि सभामुखले शून्य समयको कारबाही अघि बढाउन लाग्दा कांग्रेस, राप्रपालगायतका सांसद आआफ्ना कुर्सीबाट उठेर विरोध जनाए। सभामुखले पटकपटक बसेर बैठक अघि बढाउन सहयोग गर्न भने पनि अटेर गरेपछि सत्तापक्षका सांसदहरूले पनि होहाल्ला गरेका थिए। त्यसपछि सभामुखले बैठक २ वैशाखसम्मका लागि स्थगित भएको घोषणा गरे।