मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १२:३६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुर्घटना न्यूनीकरण गर्न राखिएका ऐना चोरिएर, फोरिएर सकिए ! 

नागरिककाे कर्तव्य खोइ ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३६:oo

पछिल्लो समय नागरिक कर्तव्यको अवसान हुँदै गएको छ। नैतिक शिक्षाको अभावमा नागरिकमा नागरिक दायित्वको खडेरी देखिँदै गएको छ भने परनिर्भता बढ्दै गएपछि नागरिक तथा सामुदायिक दायित्व पूरा गर्न पनि सरकारकै मुख ताक्ने स्थिति बनेको छ। 

त्यसको पछिल्लो उदाहरण सडक सुरक्षामा राखिएका ऐना हुन्। तम्घास–रिडी सडकखण्डका १४ घुम्तीमा सडक ऐना थिए। आर्थिक वर्ष ०७२/७३ सालमा सडक डिभिजन कार्यालय पाल्पाले ऐना राखेको थियो। जसको काम अप्ठ्यारा घुम्तीहरूमा हुने दुर्घटना न्यूनीकरण गर्ने हो। तर, चोरिएर र फोरिएर धेरै ऐना छैनन्। 

रेसुंगा नगरपालिकाको देउरालीदेखि उर्लेनीसम्मको निकै अप्ठ्यारा घुम्तीहरूमा राखिएका ऐनाले दुर्घटना कम गरेका थिए। तर, केही ऐना दुई महिना रहेनन्। अहिले दुई स्थानमा बाहेक सडकमा ऐना छैनन्। तत्कालीन समयमा करिब चार लाख खर्चेर ऐनाहरू राखिएका थिए। 

कम बजेटको यो काम निकै महत्वपूर्ण थियो। तर, ढुंगाले फोरिएका केही ऐना देख्दा मन पोल्ने रेसुंगा नगरपालिका– १३ का पूर्ववडाध्यक्ष खुमबहादुर खत्रीले बताए। उनले आफूहरूको मोडमा स्थानीयकाे नै सक्रियतामा जोगाएर राखिएको भए पनि अधिकांश ठाउँमा चोरेर र फोरेर सकिएको गुनासो गरे। 

‘नागरिकमा अराजकता बढ्यो। नैतिकता र दायित्वबोध नहुँदा सार्वजनिक सम्पत्तिको माया छैन,’ उनले भने, ‘दुर्घटना जोखाउने ऐना फुटेको देख्दा मन पोल्छ।’ 

सडक दुर्घटनाको जोखिम घुम्तीहरूका निकै हुन्छ। ऐनाले विपरीत दिशाबाट आएका गाडीहरू देख्ने भएकाले चालक सर्तक रहन्छन्। घुम्तीहरूको ऐनाले निकै फाइदा भए पनि फुटेर सकिएको सवारीचालक इस्मा गाउँपालिका– ४ का दामु बस्नेतले गुनासो गरे। 

‘ऐनाको कारण कैयाैँपटकका दुर्घटना जोगिएका छन्। साँघुरो सडक र अप्ठ्यारा घुम्ती भएकाले साह्रै उपयोगी बन्यो पनि,’ उनले भने, ‘नेपालीले सार्वजनिक सम्पत्तिको महत्व बुझेकै छैन।’

तम्घास–रिडी सडकखण्डका सडक ऐनाहरू फुटेको नदेख्ने नेता, जनप्रतिनिधि र सरकारका निकायका हामिक सापहरू सायद कम छन्। तर, अहिलेसम्म सिसा फुट्ने र मन टुट्नेबाहेक केही हुन सकेको छैन। पुनः सडकमा ऐना राख्न तीनै तहका सरकार र ती अन्तर्गतका निकाय नसक्ने छैनन्। तर, सुरक्षाको कुरा महत्वपूर्ण छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीमा प्रमुख ज्ञानेन्द्र शर्माले घुम्तीमा हर्न अनिवार्य रहेको र विपरीत दिशाको गाडी देख्ने सडक ऐना पनि दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका हुने बताए। उनले स्थानीय सरकारले पनि काम गर्ने सक्ने भए पनि सडकको पहिलो काम भएको बताए।