मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:४२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जनउत्थान लघुवित्तले मनायो १४औँ वार्षिकोत्सव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:४२:oo

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ । संस्थाले स्थापनाको १४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको हो । 

वार्षिकोत्सवका अवसरमा संस्थाका ३९ वटै शाखा कार्यालयमार्फत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक क्रियाकलाप गरेका हुन् । अपांगता भएका छात्रछात्रा, जेहेनदार तथा गरिब बालबालिकाको गुणस्तरीय शिक्षाका लागि शैक्षिक सामग्री वितरण, सामुदायिक विद्यालयमा पंखा, वाटर फिल्टरलगायत भौतिक सामग्री वितरण गरिएको संस्थाले जनाएको छ ।

त्यस्तै, दृष्टिविहीन, स्वास्थ्य संस्थामा भौतिक सामग्री वितरण, अपांग, ज्येष्ठ नागरिकलाई सम्मानसमेत प्रदान गरेको थियो । त्यसैगरी, अनाथ आश्रम तथा वृद्धा आश्रममा जिन्सी तथा खाद्यान्न सामग्री वितरण, रक्तदान कार्यक्रम, सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम, फलफूल वितरण, स्थानीय प्रहरी चौकीहरूमा भौतिक सामग्री वितरण, मन्दिरपरिसर सरसफाइ, कृषक सदस्यलाई बिउबिजन वितरणालगायतका कार्यक्रम गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनीलकुमार रायले जानकारी दिए ।