१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
२o८१ जेठ १३ आइतबार १८:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हराएको डेढ महिनापछि राक्सिराङका प्रजाको कंकाल फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १८:२९:oo

मकवानपुरको राक्सिराङका एक युवा हराएको डेढ महिनापछि मृत फेला परेका छन्। ९ फागुनदेखि घरबाट हराएका राक्सिराङ गाउँपालिका–३ लावतीका २५ वर्षीय गोविन्द प्रजा मंगलबार मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका अनुसार प्रजाको शव घरदेखि अन्दाजी एक किलोमिटर उत्तरमा रहेको गुफादेवी सामुदायिक वनमा फेला परेको हो। उनको कंकाल मात्र बाँकी रहेको अवस्थामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

शवको शरीरमा रहेको कपडाको आधारमा उक्त कंकाल बेपत्ता भएका प्रजाकै भएको पुष्टि गरिएको प्रवक्ता भण्डारीले बताए। प्रजाका आफन्तले कपडाको आधारमा शवको पहिचान गरेका हुन्।

प्रजाको कंकाल अवस्थाको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा ल्याइएको र घटनाको विषयमा अनुसन्धान थालिएको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए।

ad
ad