मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format १२:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सदन खुलाउन प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४१:oo

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि सभामुख देवराज घिमिरे दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै छन्। छलफलका लागि घिमिरे नयाँ बानेश्वर आइपुगेका छन्।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगीको छानबिन गर्न संसदीय समिति गठन नगरेसम्म सदन चल्न नदिने अडान राखेपछि बालुवाटारको बैठकमा कुनै सहमति नजुटेको हो।

कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने स्वयं सहकारी ठगीमा संलग्न रहेकाले प्रहरीको अनुसन्धान प्रभावित गरिरहेको आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको माग राख्दै आएको छ।

कांग्रेसले संसदीय दलको बैठकबाटै संसदीय छानबिन समिति गठन नगरे संसद् चल्न नदिने निर्णय गरेको छ।