१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format १२:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभामा छोराले कुटपिट गर्दा बुबाको मृत्यु

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १२:o४:oo

संखुवासभाको पाँचखपन नगरपालिका– २ गैरीगाउँमा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ।

सोमबार साँझ साढे ६ बजे ५० वर्षीय युवराज राई र उनका छोरा २८ वर्षीय सुमन राईबीच सामान्य घरायसी विषयमा विवाद भएको थियो। विवादका क्रममा सुमनले शरीरको विभिन्न भागमा कुटपिट तथा ढुंगाले टाउकोमा प्रहार गर्दा युवराज गम्भीर घाइते भएका थिए।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएकोमा उनको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।