मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २३:११:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभामा भारतीय सहयोगमा विद्यालय भवन शिलान्यास

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:११:oo

नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको चार करोड दुई लाख ९ हजार आर्थिक सहयोगमा संखुवासभाको चिचिला गाउँपालिका– ३ मा विद्यालय भवन निर्माण हुने भएको छ। 

सोमबार आयोजित कार्यक्रममा श्री दिदिङ आधारभूत विद्यालयको विद्यालय भवन शिलान्यास भएको हो। चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पा र भारतीय राजदूतावासका प्रथमसचिव अविनाशकुमार सिंहले भवन शिलान्यास गरे। 

कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक÷शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति थियो।

विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले शैक्षिक तथा प्रशासनिक भवनको निर्माणमा उपयोग गरिने विद्यालयको लक्ष्य छ । नेपाल र भारत सरकारबीच भएको सम्झौताअन्तर्गत परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा संखुवासभाको चिचिला गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ। 

चिचिला गाउँपालिकाका अध्यक्ष शेर्पाले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे। उनले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुने र यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्ने पनि विश्वास व्यक्त गरे। 

भारतीय राजदूताबासका अनुसार सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन्। यीमध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना छन् जसमा २ वटा परियोजना संखुवासभामा छन्। 

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये कोशी प्रदेशलाई १४१ वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा १३ वटा एम्बुलेन्स र ३ वटा स्कुल बस संखुवासभा जिल्लालाई उपलब्ध गराइएको छ।