मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:१५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

वित्तीय अस्पताल र राष्ट्रिय बैंक दिवसको माग राख्दै अर्थ मन्त्रालयको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:१५:oo

वित्तीय अस्पताल र राष्ट्रिय बैंक दिवसको माग राख्दै अर्थ मन्त्रालयको ध्यानाकर्षण गराइएको छ। नेपाल राष्ट्रिय कर्मचारी संगठनले  वित्तीय अस्पताल र राष्ट्रिय बैंक दिवसको माग राख्दै अर्थ मन्त्रालयमा ध्यानाकर्षण बुझाएको हो। 

बैंकिङ चेतना अभिवृद्धि तथा यसको महत्व दर्शाउन, बचत परिचालन अभिवृद्धि गर्न, समृद्ध र समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्न राष्ट्रिय बैंक दिवसको महत्व हुने भएकाले नेपालमा आधुनिक बैंकिङ सुरुवात भएको दिन कात्तिक ३० लाई ‘राष्ट्रिय बैंक दिवस’ घोषणा गर्नुपर्ने बैंक तथा वित्तीय संस्थाहरूमा सक्रिय राष्ट्रिय कर्मचारी संगठनले माग राखेको छ।

यसैगरी वित्तीय क्षेत्रमा कार्यरत श्रमिक वर्गको मानव अधिकारको रूपमा रहेको सामाजिक एवं स्वास्थ्य सुरक्षाका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई समेटी संयुक्त लगानीमा ‘वित्तीय अस्पताल’ निर्माण गरी वित्तीय क्षेत्रमा कार्यरत र सेवानिवृत्त कर्मचारीहरूको निःशुल्क र सुलभ स्वास्थ्य सेवाको व्यवस्था गर्न र साथै, यसले समग्र राष्ट्रको स्वास्थ्य क्षेत्रमा समेत योगदान पुर्‍याउने भएकोले सरकारले पहलकदमी गर्नुपर्ने संगठनले जनाएको छ।