मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o चैत २५ आइतबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o चैत २५ आइतबार १३:१४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

इस्लिङ्टन कलेजद्वारा १५७ विद्यार्थीलाई ४.५ करोडबराबरको छात्रवृत्ति प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत २५ आइतबार १३:१४:oo

इस्लिङ्टन कलेजले एएए छात्रवृत्ति समारोह २०२४ आयोजना गर्दै यस शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरेको छ।

एकेडेमिक्स (प्राज्ञिकता), अटेन्डेन्स (उपस्थिति र हाजिरी) र अटिट्युड (आचरण)लाई एकै सुत्रमा बाँध्ने यस एएए छात्रवृत्तिको उद्देश्य शैक्षिक शुल्कमा शतप्रतिशत छात्रवृत्तिमार्फत विद्यार्थीहरूलाई शैक्षिक सत्रभर उत्कृष्ट अध्ययन गर्न प्रोत्साहित गर्नु रहेको कलेजले जनाएको छ।

छात्रवृत्तिको यस संस्करणमा आवेदकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। कलेजका अनुसार करिब ४.५ करोड पुरस्कार राशिको यस छात्रवृत्तिका प्राज्ञिक तथा अन्य सम्बन्धित सदस्यहरूले योग्यताका आधारमा एक सय ५७ उत्कृष्ट विद्यार्थी छनोट गरेका थिए।

यिनै विद्यार्थीको सम्मानमा आयोजित उक्त समारोहमा उनीहरूलाई आफ्ना हर्षित परिवारजन तथा सम्पूर्ण कलेज परिवारका माझ इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले पुरस्कार प्रदान गरेका थिए।