मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
हदिश खुद्दार जनकपुरधाम
Invalid date format १३:oo:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

धनुषा निर्माण व्यवसायी संघको अध्यक्षमा पुनः चौधरी निर्वाचित

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format १३:oo:oo

धनुषा निर्माण व्यवसायी संघको अध्यक्षमा अशोक चौधरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा शनिबार अबेर रातिसम्म भएको निर्वाचनमा चौधरी दुई सय ३९ मत ल्याएर विजयी भएका छन्।

उनका  निकटतम प्रतिद्वन्द्वी रमेश कुमार यादवले  एक सय ७५ मत पाए। त्यसैगरी, अध्यक्ष पदकै अर्का उम्मेदवारहरू जगदीश महासेठले ६४ र प्रदीप गुप्ताले १९ मत ल्याए।

उपाध्यक्षमा एक सय ३९ मत ल्याएर जयप्रकाश साह (पप्पु) विजयी हुँदा महासचिवमा रूपेशसिंह मुन्ना एक सय ३४ मत ल्याएर विजयी भए।

सचिवमा मनोजकुमार साह दुई सय आठ र कोषाध्यक्षमा लक्ष्मणकुमार यादव एक सय ६४ मतका साथ विजयी भए। सदस्यहरूमा राजीवकुमार साह, दीपक यादव र कमलेशकुमार जयसवाल विजयी भएका छन्।