मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
कमलराज भट्ट काठमाडौं
Invalid date format २१:४o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

इलाम २ मा उपनिर्वाचन : २० जनाको उम्मेदवारी दर्ता 

बझाङ प्रदेश सभा (१) मा १२ जनाको उम्मेदवारी

Read Time : > 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:४o:oo

प्रतिनिधिसभामा रिक्त इलाम निर्वाचन क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा (१) मा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक एवम् शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता सम्पन्न भएको हो । 

निर्वाचन आयोगका अनुसार इलाम २ मा प्रतिनिधिसभा सदस्यका लागि १२ राजनीतिक दलबाट १२ जना र ८ स्वतन्त्र गरी २० जनाको उम्मेदवारी मनोनयनपत्र दर्ता भएको छ । मनोनयनपत्र दर्ता गर्ने सबै पुरूष छन् ।

कांग्रेसबाट डम्बरबहादुर खड्का, एमालेबाट सुहाङ नेम्बाङ, रास्वपाबाट मिलनकुमार योङयाङ लिम्बू, राप्रपाबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीबाट जितबहादुर राईको उम्मेदवारी परेको छ। 

यस्तै, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेमकिपाबाट श्यामबहादुर दर्जी, राप्रपा नेपालका गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट जयवन्तविक्रम शाह, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, मंगोल नेशनल अर्गनाइजेशनबाट मनिबहादुर लिम्बू, नेपाली जनता दलबाट रेशमबहादुर सुनारले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । 

यसैगरी अर्जुनबहादुर शाही, केशवकुमार चापागाईं, डकेन्द्रसिंह लिम्बू, डाकप्रसाद गौतम, दिपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ, राज बस्यालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । 

प्रदेश सभातर्फ बझाङ (१) का लागि एक जना महिला र ११ पुरूषले उम्मेदवारी दर्ता गराएका छन् । जसमा कांग्रेसका अभिषेकबहादुर सिंह, एमालेका दमनबहादुर भण्डारी, माओवादीका जनकबहादुर बुढा, राप्रपाका किशोरकुमार खड्का, एकीकृत समाजवादीका दिलबहादुर सिंह, जसपाका रामबहादुर जाग्री, जनमतका सुशीलादेवी विष्ट, नेमकिपाका खगेन्द्रबहादुर शाही छन्।

यस्तै, नेपाली जनता दलका अशोक सुनार, नेशनल रिपब्लिक नेपालका कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । 

मनोनयन दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिने समय आइतबारसम्म छ । सोमबार आयोगले मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । 

मंगलबार उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम रहेको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेय पौडेलले जानकारी दिए । 

दुवै निर्वाचन क्षेत्रमा १५ वैशाख शनिबारका दिन बिहान सातदेखि साँझ पाँच बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । आयोगले मतदान कार्यमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आयोग सम्बन्धित सबै मतदाताहरूमा आह्वान गरेको छ ।