१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

किसानलाई दुधको बक्यौता तत्काल भुक्तान गर्न सरकारसँग सांसद बर्तौलाको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१४:oo

सत्तारूढ दल एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले किसानहरूलाई दिइनुपर्ने दुधको बक्यौता रकम तत्काल भुक्तानीका लागि सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद बर्तौलाले किसानहरूले लामो समयदेखि दुधको मूल्य नपाइरहेको भन्दै उनीहरूलाई समयमै भुक्तानी गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।

देशभरका दुध उत्पादक किसानको पाँच अर्ब भुक्तानी गर्नुपर्ने र मकवानपुरका किसानलाई मात्रै ६० करोडभन्दा बढी रकम भुक्तानी गर्नुपर्ने दायित्व सरकारसँग रहेको उनले बताए। 

यसैगरी, उनले खेतीपातीको समय सुरु भइसकेकाले किसानलाई सहज रूपमा मल उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराए।