Skip This
संसदमा सम्बोधनपछि राजीनामा दिँदै मुख्यमन्त्री शर्मा 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o चैत २१ बुधबार
  • Monday, 10 August, 2026
रमेश रावल सुर्खेत
२o८o चैत २१ बुधबार १५:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदमा सम्बोधनपछि राजीनामा दिँदै मुख्यमन्त्री शर्मा 

केन्द्रको दबाब थेग्न नसकेर अन्ततः राजीनामा दिन तयार

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८o चैत २१ बुधबार १५:३१:oo

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा केन्द्रको दबाब थेग्न नसकेर अन्ततः राजीनामा दिन तयार भएका छन्। संसदमा दर्ता गराएको विश्वासकाे मत पाउँ भनी गरेको प्रस्ताव फिर्ता पाउँ भनी सम्बोधन गरेर राजीनामा दिन तयार भएका हुन्।

नयाँ गठबन्धन बनेपछि कर्णाली प्रदेश एमालेका भागमा परेको थियो। त्यसपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री शर्मालाई राजीनामा दिन भनेका थिए। तर, शर्माले राजीनामा नदिने बरु प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राख्ने बताएका थिए।

बुधबार मुख्यमन्त्री शर्मा र एमाले संसदीय दलका नेता यामलाल कँडेलबीच वार्ता भएपछि मुख्यमन्त्री शर्मा राजीनामा दिन तयार भएका हुन्। मुख्यमन्त्री शर्मा सहज रूपमा सत्ता हस्तान्तरण गर्न तयार नभएपछि प्रचण्डले पूर्वमुख्यमन्त्री महेन्द्र शाहीलाई सुर्खेत पठाएका थिए।