Skip This
दोस्रो जापान-नेपाल शैक्षिक तथा व्यापार औद्योगिक अन्तर्क्रिया सम्पन्न
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १२:४o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दोस्रो जापान-नेपाल शैक्षिक तथा व्यापार औद्योगिक अन्तर्क्रिया सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४o:oo

जापान र नेपालका व्यवसायीले जापानको श्रमबजारमा बढ्दो नेपाली जनशक्ति माग र त्यसको आपूर्ति तथा जापान जाने नेपालीलाई सीपमूलक तालिमका विषयमा छलफल गरेका छन्।  

एरु एकेडेमी ओसाका र क्योउदाई रेमिट्यान्स तथा आइएमईको संयुक्त आयोजनामा भएको दोस्रो जापान-नेपाल शैक्षिक तथा औद्योगिक व्यापार अन्तर्क्रियामा जापानमा उपलब्ध अवसरलाई उपयोग गर्ने विषयमा छलफल भएको हो।

कार्यक्रममा टोकियोस्थित नेपाली दूतावास, फुकुओका अवैतानिक वाणिज्य दूतावास, मोरिकोसान कम्पनी, ओसाका पर्यटन ब्युरो, मानव संसाधन विकास र एसिया औद्योगिक व्यापार निर्माण प्लेटफर्म, कान्साई अर्थ, व्यापार तथा उद्योग ब्युरो, ओसाका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, ओसाका बिजनेस डेभलपमेन्ट एजेन्सी, स्टडी अब्रोड कन्सोर्टियम ओसाका, क्लब हाउस ग्लोबल रिपब्लिक, नान्काई रेल्वे कम्पनीलगायतको सहभागिता थियो। 

अनलाइन र प्रत्यक्ष उपस्थितिमा भएको छलफल कार्यक्रममा जापानबाट ९५ र नेपालबाट ६० भन्दा बढी कम्पनी सहभागी भएका थिए।

कार्यक्रमलाई जापानको तर्फबाट एरु एकेडेमीका अध्यक्ष केइइची हासेगावा र  माकोतो साकिमुरा, कान्साई अर्थ, व्यापार तथा उद्योग ब्युरोका प्रोजेक्ट म्यानेजर हागिहारा दाइसाकुले सम्बोधन गरेका थिए भने नेपालको तर्फबाट जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, आइएमई ग्रुपका संस्थापक तथा प्रबन्ध–निर्देशक हेमराज ढकालले सम्बोधन गरेका थिए।

दुई चरणमा गरिएको कार्यक्रमको पहिलो चरणमा जापान-नेपाल सम्बन्ध, जापानको श्रमबजारमा बढ्दो नेपाली कामदारको माग र त्यसको  आपूर्तिबारे छलफल भएको थियो। 

कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले जापान-नेपालको लामो दौत्य सम्बन्धको चर्चा गर्दै यो कार्यक्रममार्फत नेपाल र जापानको व्यापार व्यवसाय प्रवर्द्धनमा र जापानी लगानीकर्तालाई नेपालमा लगानीका लागि सक्दो सहयोग गर्न सदैव तत्पर रहेको बताए। साथै एरु एकेडेमीका अध्यक्ष केइइची हासेगावाले नेपाल र जापानको लगानी सम्बन्धलाई मजबुत बनाउन छलफल कार्यक्रम आयोजना गरिएको बताए।