मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:१५:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरभित्रका गरिब घरपरिवार गणना हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:१५:oo

काठमाडौं महानगरपालिकाले गरिब घरपरिवार गणना सुरु गर्ने भएको छ । महानगरले २५ चैतदेखि गणना सुरु गर्ने भएको हो । महानगरले बनाउने नीति, योजना तथा कार्यक्रममा सबैलाई समेट्न सकियोस् भनी गरिब घरपरिवार गणना गर्न लागेको हो । 

यसका लागि गणना कार्यमा खटिने गणक र सुपरिवेक्षकका लागि मंगलबारदेखि थापाथली इन्जिनियरिङ क्याम्पसमा चार दिनको तालिम सुरु भएको छ । तालिम सुरु गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले गणकहरूले भरेको विवरण स्रोतमा पुष्टि हुनुपर्ने बताए । ‘अवस्था अनुमान गरेर विवरण भर्ने सुविधा कसैलाई छैन । यसबाट प्राप्त हुने तथ्यांक नीति, योजना तथा कार्यक्रम निर्माण गर्ने आधार हुन् ।

फिल्डमा जानुअघि तथ्यांकको संवेदनशीलता हरेक गणक, सुपरिवेक्षक र यसमा खटिने अधिकारीलाई बोध हुन जरुरी छ,’ उनले भने, ‘फिल्डमा जाने हरेक व्यक्तिसँग नागरिकले आफ्ना कोणबाट कुरा राख्न सक्नुहुन्छ । यसरी सोधिने हरेक प्रश्नको सहजतापूर्वक उत्तर दिने क्षमता लिएर फिल्डमा जानुहोला । आफूले उत्तर दिन नसक्ने सवाल भए आफ्नो भूमिकाबारे बुझाएर सोधिएका प्रश्नको उत्तर पाउने ठाउँबारे भनिदिनुपर्छ ।’ सामाजिक विकास समितिका संयोजक रामकुमार केसीका अनुसार वास्तवमै विपन्नहरू जायजेथा बेचेर भए पनि समृद्ध भएको देखाउन चाहन्छन् । समृद्धहरूचाहिँ सुविधा लिन आफूलाई विपन्नका रूपमा देखाउन चाहन्छन् । यो मनोविज्ञानबारे गणक र सुपरिवेक्षक जानकार हुनुपर्छ । फिल्डमा खटिने गणकहरू कामका दौरानमा विवरण लिनुपर्ने व्यक्तिबाट जस्ता प्रतिक्रिया आए पनि रिसाउँदिनँ भन्ने विचारले प्रोत्साहित हुनुपर्छ । 

चारदिने तालिममध्ये पहिला दुई दिन सैद्धान्तिक र पछिल्ला दुई दिन प्रयोगात्मक हुनेछ । सैद्धान्तिक कक्षामा गरिबी, गरिब परिचयपत्र, विवरण संकलन र परिचयपत्रको कानुनी पक्ष र प्राविधिक कक्षामा ट्याबको प्रयोग गरेर अनलाइन प्रणालीमा आधारित विवरण संकलन, भण्डारण गर्न र सम्बन्धित अधिकारीको पहुँचमा पठाउने विधि सिकाइनेछ । प्रशिक्षणका लागि महानगरपालिकाले ८ देखि १२ चैतसम्म २६ जना अधिकारीलाई प्रशिक्षण दिएर प्रशिक्षकका रूपमा उत्पादन गरेको छ ।