१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o७:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

म्यारियट होटेलका सञ्चालक शशिकान्त अग्रवाललाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:४६:oo

२९ प्रतिशत विदेशी पर्यटक वृद्धिको तथ्यांकलाई कसरी हेर्नुभएको छ ?
कोभिडकालभरि संसारभरका मानिस घरमै थुनिएर बस्न बाध्य भए । जसले गर्दा संसारभरकै पर्यटन क्षेत्र थला पर्‍यो । कोभिड नियन्त्रणपछि मानिसहरू चलायमान हुन थाले । जसले गर्दा विश्वका महत्वपूर्ण पर्यटकीय मुलुकहरूको पर्यटनले गति समातेको छ । त्यहाँ डेढ–दुई सय प्रतिशतसम्म पर्यटक आगमनमा वृद्धि भएको छ । हामीकहाँ मुस्किलले २९ प्रतिशत पुगेको छ । यसलाई निरन्तरता दिँदै अबको समयमा बढाउने उपाय अपनाउनुपर्छ ।  

 पर्यटकको संख्या बढाउन हामीकहाँ के–कस्ता अप्ठ्यारा छन् ?
हामीकहाँ आउँदा पर्यटकले अनेकौँ अप्ठ्यारा र झन्झट व्यहोर्नुपर्ने अवस्था छ । यसले गर्दा पनि पर्यटकको संख्या बढाउन सहज छैन । खासगरी, विमानस्थलमा हुने ‘डिले’ले पर्यटक आगमनमा नकारात्मक प्रभाव पारिरहेको छ । यसमा तत्काल सुधारको आवश्यकता छ । आन्तरिक र वाह्य विमान भाडा र अन्य विभिन्न कारकले गर्दा नेपाल महँगो ‘डेस्टिनेसन’मा पर्न थालेको छ । यसतर्फ पनि सरोकारवाला सबैको ध्यान जानु जरुरी छ । काठमाडौंबाहिर जान सडकको अवस्था दयनीय छ । छोटो दूरीका पोखरा चितवनजस्ता पर्यटकीय गन्तव्यसम्म पुग्न पनि घन्टौँ लाग्ने अवस्था छ । यसमा छिटो सुधार हुनुपर्छ । 

हाम्रा पर्यटकीय सेवा क्षेत्रको अवस्थाचाहिँ कस्तो छ ?
अहिले पर्यटकको संख्या बढ्दै गर्दा पनि चारतारे र पाँचतारे होटेलहरूको बुकिङ ६० प्रतिशतभन्दा माथि पुग्न सकेको छैन । साना होटेलहरूको संख्या धेरै पनि छ र त्यहाँको बुकिङको अवस्था ४० प्रतिशतभन्दा माथि छैन । त्यसैले, अहिले पर्यटकलाई सेवा दिन सक्ने पूर्वाधार कमजोर छैनन् । अझै थपिने क्रम जारी छ । 

ad
ad