१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:४९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेनदेखि ११ सय किलोमिटर टाढा रहेको रुसी क्षेत्रमा ड्रोन आक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४९:oo

युक्रेनबाट एक हजार एक सय किलोमिटरभन्दा बढी दूरीमा रहेको तातारस्तानमा रहेको कारखानामा ड्रोन आक्रमण भएको रुसले जनाएको छ।

तातारका नेता रुस्तम मिन्निखानोभको सञ्चार शाखाले टेलिग्रामलाई दिएको जानकारीअनुसार तातारस्तानमा येलाबुगा र निज्नेकम्स्कस्थित कारखानामा ड्रोन आक्रमण भएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘आक्रमणबाट गम्भीर क्षति भएको छैन र कारखानाको काम प्रभावित भएको छैन, तर येलाबुगामा मानिस घाइते भएका छन्।’

रुसको विशेष आर्थिक क्षेत्र मानिने येलाबुगानजिकै रासायनिक र मेकानिकल इन्जिनियरिङ र धातुजन्य सामान उत्पादन गर्ने कारखाना छन् भने निज्नेकम्स्कमा पेट्रोल उत्पादन गर्ने कारखाना छ।

अलाबुगा विशेष आर्थिक क्षेत्रमा एउटा घरमा दुईवटा ड्रोन प्रहार हुँदा दुईजना घाइते भएको स्थानीय प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।