१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार १o:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रवास डिजिटल संस्करण

चीनमा नेपाली पत्रकारलाई ‘उत्कृष्ट विदेशी अनुवादकविज्ञ सम्मान’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:१२:oo

चीनमा कार्यरत नेपाली पत्रकार चेतनाथ आचार्य ‘उत्कृष्ट विदेशी अनुवादकविज्ञ सम्मान’बाट सम्मानित भएका छन् । चिनियाँ अनुवादक संघले आचार्यलाई उच्च अन्तर्राष्ट्रिय सम्मान प्रदान गरेको हो । चीनबाट यो सम्मान प्राप्त गर्ने पहिलो नेपाली बनेका आचार्य तीन दशकदेखि नेपाली पत्रकारिता क्षेत्रमा कार्यरत छन् । उनी विगत ११ वर्षदेखि चिनियाँ मिडिया ग्रुप ‘सिएमजी’ अन्तर्गतको  चिनियाँ अन्तर्राष्ट्रिय रेडियो ‘सिआरआई’ नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन् । 

पुस्तक लेखन र चीनका महत्वपूर्ण दस्ताबेजलाई नेपाली भाषामा अनुवाद गरेकाले चिनियाँ अनुवादक संघले उनलाई ‘उत्कृष्ट विदेशी अनुवादकविज्ञ सम्मान’ प्रदान गरेको हो । गत मार्च ३० तारिख (चैत १७ गते) शनिबार चीनको हुनान प्रान्तको सदरमुकाम छाङ्सामा आयोजित विशेष समारोहमा आचार्यलाई उक्त सम्मान प्रदान गरिएको हो । उनीसँगै जापान, अल्जेरिया, जर्मनी र स्पेनका विशेषज्ञहरूलाई सम्मानित गरिएको थियो । 

केही लेखिरहने आफ्नो रुचि भएको र त्यही कामलाई चीनले मूल्यांकन गरेर सम्मान गरेकाले आफूलाई निकै खुसी लागेको आचार्यले बताएका छन् । उनले भने, ‘चीनले दिएको सम्मानले मलाई अझै बढी लेख्न र अनुवाद गर्न प्रोत्साहन र जाँगर थपिदिएको छ । यो सम्मानलाई मैले जिम्मेवारी थपिएको ठानेको छु ।’

आचार्यले आख्यान र गैरआख्यान गरी सातवटा कृति प्रकाशन गरिसकेका छन् । उनले चीनका अनुभवमा केन्द्रित रहेर चारवटा किताब प्रकाशन गरेका छन् । आचार्यले चीनमा देखेका, भोगेका, पढेका विषयलाई रोचक ढंगले नेपाली सञ्चारमाध्यममा लेखरचनाहरू प्रकाशित गर्दै आएका छन् । आचार्यका  ‘नयाँ युगमा चीन’, ‘मेरा आँखामा चीन’, ‘चीन चियाउँदा’, ‘रुइबा’ पुूस्तक प्रकाशित छन् । आचार्यको ‘रुइबा’ उपन्यासले २०७९ को’अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’समेत प्राप्त गरेको थियो ।

ad
ad