१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
सौरभ यादव राजविराज
Invalid date format १५:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चोरी–डाँका कसुरमा रुपनीका अध्यक्षसहित चारजनाविरुद्ध प्रहरीमा मुद्दा दर्ता

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १५:३९:oo

सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादवसहित चारजनाविरुद्ध चोरी–डाँकासम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ। उच्च अदालत जनकपुर राजविराज इजलासको परमादेशपछि मुद्दा दर्ता भएको हो।

गाउँपालिका अध्यक्ष यादवसहित चारजनाले हातपात गर्दै २५ हजार रुपैयाँ पर्ने मोबाइल लुटेको भन्दै स्थानीय किरणकुमार जयसवालले गत २६ असारमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। तर, प्रहरीले जाहेरी दर्ता नगरेपछि रुपनी गाउँपालिका– १ का जयसवाल उच्च अदालत गएका थिए।

लुटिएको उक्त मोबाइलमा गाउँपालिका अध्यक्ष यादवको भ्रष्टाचारको प्रमाण रहेको जसयवालको दाबी छ। यादवसहित चारजनाले हातपात गर्दै ‘कमिसन लिएको प्रमाण रहेको’ मोबाइल लुटेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन माग गरी उनले गत साउनमा मुद्दा दायर गरेका थिए।

‘गाउँपालिका अध्यक्ष यादवले मच्चाएको लुटको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको निहुँमा पटकपटक गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिँदै आएको, २३ असार रातिको समयमा गाउँपालिकाको स्कार्पिओ दुर्घटनामा पर्दा सामाजिक सञ्जालमा लेखेकै निहुँ बनाएर २४ गते हातपात गर्दै कमिसनको प्रमाण रहेको २५ हजार रुपैयाँ पर्ने मोबाइल चोरी–डाँका गरेको’ अदालतमा दायर मुद्दामा उल्लेख छ।

सो मुद्दामा सुनुवाइ गर्दै गत २२ मंसिरमा न्यायाधीशद्वय वामदेव ज्ञवाली र राधाकृष्ण उप्रेतीको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयको नाममा परमादेशको आदेश गर्दै मुद्दा दर्ता गरी छानबिन गर्न भनेपछि प्रहरीले मुद्दा दर्ता गरेको हो।

सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धि बज्राचार्यले परमादेशसँगै मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको बताए। ‘चोरी–डाँकासम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ,’ उनले भने, ‘दर्तासँगै अनुसन्धान सुरु भएको छ।’

रुपनी गाउँपालिकाका अध्यक्ष यादवसहित राम यादव, पीताम्बर यादव, सरोज यादवविरुद्ध जाहेरी दर्ता गरिएको हो। पीताम्बर निवर्तमान वडाध्यक्ष हुन्।