१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १८ आइतबार
  • Saturday, 21 September, 2024
२o८o चैत १८ आइतबार १४:o७:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्न बागमती कांग्रेसको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत १८ आइतबार १४:o७:oo

कांग्रेस बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ। प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आइतबार काठमाडौंमा बसेको कार्यसम्पादन समिति बैठकले पार्टीका सम्पूर्ण सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो।

मुख्यमन्त्री जम्कट्टेलले १९ चैतमा प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यतालिका रहेको छ। २३ फागुनमा विश्वासको मत फिर्ता लिएर कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेलले २२ चैतसम्ममा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ।

प्रदेश सभामा ३७ सांसद रहेको कांग्रेस केन्द्रमा सत्तासमीकरण परिवर्तन भएपछि प्रतिपक्षमा पुगेको छ भने एमाले सरकारमा प्रवेश गरेको छ। यस्तै, हाम्रो नेपाली पार्टीका शैलेन्द्र बज्राचार्यले नयाँ गठबन्धनलाई समर्थन गर्दै मन्त्री बनेका छन्।

एक सय १० सांसद रहेको प्रदेश सभामा जम्कट्टेललाई सत्तामा टिकिराख्न ५६ सांसदको समर्थन आवश्यक छ। बागमतीमा कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपा १३, एकीकृत समाजवादीको सात, नेमकिपा तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन्।

एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुई सांसद जम्कट्टेलको पक्षमा देखिएका छन्।