मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
रासस हेग
Invalid date format १४:५४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

गाजामा निर्बाध सहायता अनुमति दिन अन्तर्राष्ट्रिय अदालतको आदेश

Read Time : < 1 मिनेट
रासस, हेग
नयाँ पत्रिका
Invalid date format १४:५४:oo

नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसिजे)ले इजरायललाई गाजापट्टीमा रहेका प्यालेस्टिनीका लागि आधारभूत मानवीय सहायता सुनिश्चित गर्न आदेश दिएको छ।

इजरायलले संयुक्त राष्ट्र संघसँगको सहयोगमा तत्काल आवश्यक आधारभूत सेवाहरू र मानवीय सहायताका लागि सम्बन्धित पक्षद्वारा व्यापक रूपमा निर्बाध प्रावधान सुनिश्चित गर्न ढिलाइ नगरी प्रभावकारी उपायहरू अपनाउनुपर्ने आइसिजेले फैसलामा उल्लेख गरेको छ।

यस सहायतामा खाद्यान्न, पानी, बिजुली, इन्धन, आश्रय, कपडा, स्वच्छता र सरसफाइ आवश्यकताहरूका साथै चिकित्सा सेवा समावेश छ। फैसलामा गाजाबाट सीमापार आवातजावत गर्ने स्थानको क्षमता र संख्या बढाएर आवश्यकताका आधारमा खुला राख्नुपर्ने जनाइएको छ।

आइसिजेले यसअघि जनवरी २६ मा दिएको फैसलामा पनि इजरायललाई गाजापट्टीमा प्यालेस्टिनीहरूविरुद्धको नरसंहार रोक्न, प्यालेस्टिनीविरुद्धका उक्साहट रोक्न, प्रमाणहरू सुरक्षित गर्न र मानवीय सहायता सम्बन्धमा तत्काल कदम चाल्न आदेश दिएको छ।

सन् २०२३ डिसेम्बर २९ मा दक्षिण अफ्रिकाले गाजापट्टीमा प्यालेस्टिनीहरूविरुद्ध गम्भीर मानव अधिकार उल्लंघन गरेको भन्दै इजरायलविरुद्ध कारबाहीका लागि आइसिजेमा मुद्दा दर्ता गरेको थियो।

अदालतले गाजापट्टीमा प्यालेस्टिनीहरूको विनाशकारी जीवन अवस्था अझ बिग्रिएको अवस्थामा प्यालेस्टिनीहरूले खाद्यान्न र अन्य आधारभूत आवश्यकताको अभावलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो।

पछिल्लो समय गाजामा प्यालेस्टिनीहरूले अनिकालको जोखिम मात्र सामना नगरी अनेकन मानवीय संकटको सामना गर्न बाध्य भएको तथा आगामी दिनमा अझै धेरै कठिन स्थिति उत्पन्न हुन सक्ने आदेशमा उल्लेख गरिएको छ।