Skip This
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १६ शुक्रबार
  • Saturday, 27 July, 2024
रासस काठमाडौं
२o८o चैत १६ शुक्रबार १४:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत १६ शुक्रबार १४:३७:oo

नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणसम्बन्धी अभियानका क्रममा पेस्तोलसहित ताप्लेजुङको फुङलिङका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बू शुक्रबार पक्राउ परेका हुन्।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सिर्जना गर्ने गरेको अभियोगमा लिम्बूलाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले पक्राउ परेका लिम्बूसँग कटुवा पेस्तोल एक थान, धारिलो चक्कु दुई थान, फलामको हम्बर एक थान, मोबाइल दुई थान र आइफोन एक थान बरामद गरेको छ। पक्राउ परेका लिम्बूसँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।