
सरकारले पहिलोपटक चैते धानको समर्थन मूल्य तोकेको छ । चालू आर्थिक वर्ष ०८०/८१ का लागि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार सात सय सात रुपैयाँ २८ पैसा निर्धारण गरेको हो ।
त्यस्तै, १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय गरिएको छ । यसअघि बर्खे धानको मात्र समर्थन मूल्य तोकिँदै आएको थियो ।
यसपटकबाट चैते धानमा पनि उलेख्य सुधार ल्याउने गरी किसानलाई आकर्षण गर्न र उत्पादन बढाउन समर्थन मूल्य तोकिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता सबनम सिवाकोटीले बताइन् ।