१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिविबाट उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न नेविसंघको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४४:oo

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयबाट विद्यार्थीको उत्तरपुस्तिका हराएको विषयमा सत्य–तथ्य छानबिन गर्न माग गरेको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै नेविसंघले देशकै सबैभन्दा पुरानो र धेरै विद्यार्थीको भविष्य बोकेको अग्रणी शैक्षिक संस्थामा विभिन्न व्यवस्थापकीय कमजोरीका शृंखलाहरू पटक-पटक देखा पर्दै आएकोमा असन्तुष्टि जनाउँदै प्रदर्शन गरेको छ। त्रिविको बिए र बिएड संकायको प्रथम वर्षका केही क्याम्पसहरूको उत्तरपुस्तिका हराएपछि त्रिविले पुनः परीक्षा सञ्चालन गर्न सूचना निकालेको छ।

उक्त विषयमा आपत्ति जनाउँदै नेविसंघले भनेको छ, ‘उक्त विषयमा छानबिन गरी दोषीलाई कारबाहीको सिफारिससमेत भइसकेको, तर अहिलेसम्म पनि कारबाहीको कुनै पनि प्रक्रिया उपकुलपति कार्यालयले नचालेको अवस्था छ। यसका कारण उक्त परीक्षामा सम्मिलित विद्यार्थीहरूले गुमाउनुपरेको १ वर्षको महत्त्वपूर्ण समय र मानसिक असरको जिम्मा त्रिभुवन विश्वविद्यालयले लिनुपर्छ।’

पछिल्लो समय त्रिवि देशको राजनीतिक अस्थिरता, दलीय भागबन्डा र बेथितिको रणमैदान बनेको भन्दै नेविसंघले छानबिनबाट कारबाहीको लागि सिफारिस भएकाहरूमाथि शीघ्र कारबाही गर्न माग गरेको छ।