१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार ११:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेपाल र कोरियाबीच अन्तरदेशीय भुक्तानीका लागि फोनपे र  जिएलएन इन्टरनेसनलबीच समझदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:५o:oo

नेपाल र कोरियाबीच अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र  जिएलएन इन्टरनेसनलबीच समझदारी भएको छ।

नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक फोनपे र कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान गर्ने कम्पनी जिएलएन इन्टरनेसलबीच क्रस-बोर्डर क्युआर भुक्तानी प्रदान गर्ने सम्बन्धमा समझदारी भएको हाे।

समझदारीमा दुई कम्पनीले नेपाल र कोरियाबीच क्रस-बोर्डर क्युआर कोड भुक्तानी प्रदान गर्न आवश्यक नियामक, प्राविधिक र व्यावसायिक सम्भाव्यतामा काम गरिने उल्लेख छ। फोनपे र जिएलएनको सहकार्यबाट कोरियाबाट नेपाल आउने पर्यटकहरूले नेपालमा क्युआर भुक्तानी गर्न सक्नेछन्।

कोरियाबाट नेपाल आउने जिएलएन प्रयोगकर्ताहरूले हाना वानक्यु, केबी वालेट, आइबैंक, टस, हाना मनी र जिएलएन एपजस्ता बैंकिङ एप्समार्फत फोनपेको तेह्र लाख स्टोरहरूमा तुरुन्तै क्युआरमार्फत भुक्तानी गर्न सक्नेछन्।

जिएलएनका सिइओ क्युन्ग्हाे किमले विश्वभरि क्रस-बोर्डर भुक्तानी सेवा प्रदान गर्ने प्रतिबद्धताअनुसार फोनपेसँग समझदारी भएको बताउँदै यसबाट आफू उत्साहित रहेको बताए।

यस्तै फोनपेका सिइओ दिवस कुमारले जिएनएलसँगको सहकार्यले कोरियाली पर्यटकहरूमा सेवा विस्तार गर्न उत्साहित रहेको बताए। साथै उनले हालको समयमा अन्तर्राष्ट्रिय विस्तार अभियानमा एक नयाँ सदस्य थप्न सफलको खुसीसमेत व्यक्त गरे।

ad
ad