१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
दीपक शर्मा सल्यान
२०८० चैत १४ बुधबार १७:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानमा पहिलोपटक क्याम्पस प्रमुख महिला 

Read Time : < 1 मिनेट
दीपक शर्मा सल्यान
२०८० चैत १४ बुधबार १७:३९:००

जिल्लामै पहिलोपटक सल्यानको एक क्याम्पसले महिला प्रमुख पाएको छ। वनगाड कुपिण्डे नगरपालिका- ६ सुनौलीबजारमा रहेको वनगाड क्याम्पसमा पहिलोपटक देवकी मल्ल नियुक्त भएकी छिन्।

२०६६ सालमा स्थापना भई २०६९ सालमा सम्बन्धन प्राप्त गरेको क्याम्पसले पहिलाेपटक महिलाकाे नेतृत्व पाएकाे हाे। सल्यानमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सात क्याम्पस सञ्चालनमा छन्। सातमध्ये वनगाड क्याम्पसले पहिलोपटक महिलालाई प्रमुखको रूपमा जिम्मेवारी दिएको छ।

क्याम्पसको सुधारका लागि काम गर्ने र त्यसका लागि सबैको सहयोगको अपेक्षा गरेको मल्लले बताइन्। उनले भनिन्, ‘समाजमा महिलालाई अझै पनि सकारात्मक ढंगले हेर्ने गरेको पाइँदैन। महिलाहरूले पनि अवसर पाए पनि काम गर्न सक्छन् र समाजको पनि नेतृत्व गर्न सक्छन् बन्ने उदाहरण बन्ने प्रयास गर्नेछु।’

पदभार ग्रहण कार्यक्रममा बोल्दै नगर उपप्रमुख पुरुषोत्तम आचार्यले जिल्लामा पहिलोपटक महिलाले क्याम्पसकाे नेतृत्व पाएकाे र उदाहरण प्रस्तुत गर्न आग्रह गरे।