१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १४ बुधबार
  • Saturday, 26 April, 2025
२o८o चैत १४ बुधबार १४:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भरतपुर भ्रमणमा आउनेले दुर्लभ पाटेबाघ सहजै देख्न पाउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत १४ बुधबार १४:o४:oo

भरतपुरमा दुर्लभ मानिएको पाटेबाघ सहजै देख्न पाइने भएको छ। बुधबारदेखि भरतपुर– ६ देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा पाटेबाघ नजिकैबाट देख्न पाइने गरी व्यवस्थापन गरिएको छ।

बाघलाई केन्द्रको परिसरमा रहेका मचानबाट हेर्न मिल्ने गरी दुईवटा पाटेबाघलाई राखिएको छ। थोरै समयमा बाघ हेर्न चाहने पर्यटकका खुसीको विषय हो। केन्द्रमा उद्धार गरी राखिएको दुई भाले ‘नरभक्षी बाघ’ छन्।

केन्द्र भरतपुरको पर्यटनको मुख्य आकर्षण बन्न सक्छ। भरतपुर भ्रमण वर्षको अवसर पारेर महानगरले नयाँ गन्तव्यका रूपमा दियालो बंगला र उद्धार केन्द्र सर्वसाधारणलाई खुला गरिएको हो।

टिकौली ढाटबाट बीसहजारी ताल जाने सडक हुँदै करिब नाे किलाेमिटर दक्षिणतर्फ केन्द्र पर्छ। वन्यजन्तु उद्धार केन्द्रको बुधबार एक कार्यक्रमबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन्। केन्द्रको उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरको पर्यटनलाई दिगो बनाउन केन्द्रले सहयोग पुराउने बताइन्।

चितवन निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले समस्याग्रस्त भनेर उद्धार गरिएका दुईवटा बाघ यहाँ राखिएको जानकारी दिए।