Skip This
पहिलेकै झगडासँग जोडिएकाले ढोलाहिटी घटना भएको हो : प्रहरी महानिरीक्षक कुँवर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १४ बुधबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o८o चैत १४ बुधबार १२:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिलेकै झगडासँग जोडिएकाले ढोलाहिटी घटना भएको हो : प्रहरी महानिरीक्षक कुँवर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत १४ बुधबार १२:४३:oo

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले ललितपुरको ढोलाहिटी घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। 
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिकाे आजको बैठकमा सांसदहरूले संघीय राजधानीको मुटुमा यति ठूलो घटना भएको भन्दै जवाफ मागेका थिए । 

होलीको दिन भएको घटनामा दुई पक्षबीच विवाद हुँदा चक्कु प्रहारबाट दुईजनाको मृत्यु भएको थियो।

त्यसमा जवाफ दिँदै महानिरीक्षक कुँवरले होली मनाउने क्रममा भएको विवाद पहिलेकै झगडासँग जोडिएको कारण पनि घटना हुन पुगेको बताए। उनले घटनामा विजय राई मुख्य दोषी देखिएको भन्दै घटनामा संलग्न एकजना फरार रहेको र खोजी पनि भइरहेको बताए ।