१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार २२:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङमा व्यावसायिक अफिम खेती गर्ने युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार २२:३७:oo

जिल्ला प्रहरी कार्यालय लमजुङले लागुऔषध अफिम खेती गर्ने एक युवकलाई पक्राउ गरेको छ । 
प्रहरीले लमजुङको मध्यनेपाल नगरपालिका– ३ सूर्यपालमा अफिम खेती गरेका मकवानपुर राक्सिराङ गाउँपालिका– ८ घर भएका २६ वर्षीय हिमाल लामा थिङलाई पक्राउ गरेको हो । 

उनी विगत एक वर्षदेखि सूर्यपालमा विष्णु सुवेदीको खेतवारी रेखदेख गरी बस्दै आएका थिए । तीन रोपनी जग्गामा अफिम खेती गरेका उनको साथबाट अफिमबाट संकलन गरिएको चोप १०७.४ ग्राम, चोप निकाल्ने कार्यमा प्रयोग भएका चक्कु र कचौरासमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले अफिम खेती गरिएको ठाउँमा १४ हजार ५ सय ६६ अफिमको बोटसमेत  प्रहरीले नियन्त्रणमा लिइएको बताए ।

आइतबार पक्राउ परेका युवकलाई सोमबार जिल्ला अदालत लमजुङबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको लमजुङ प्रहरीले जनाएको छ। 

ad
ad