१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १६:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपाल शेर्पा विद्यार्थी संघको अध्यक्षमा छिरिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १६:३२:oo

शेर्पा विद्यार्थीको छाता संगठन नेपाल शेर्पा विद्यार्थी संघको अध्यक्षमा सिन्धुपाल्चोकका छिरिङ शेर्पा चयन भएका छन्। काठमाडौंमा सम्पन्न संघको १४औँ महाधिवेशनबाट अध्यक्षमा छिरिङ चयन भएका हुन्।

त्यस्तै, रामेछापका फुर्वाछिरिङ शेर्पा सहअध्यक्ष र ओखलढुंगाका आङ पेम्बा शेर्पा महासचिवमा चयन भएका छन्। अध्यक्ष पदका लागि तीनजनाको उम्मेदवारी घोषणा गरिए पनि सर्वसम्मत छिरिङ शेर्पाको अध्यक्षतमा  ५१ सदस्यीय केन्द्रीय समिति गठन गरिएको हो।

अध्यक्ष चयन भएका छिरिङले शेर्पा विद्यार्थीलाई निजामती सेवामा व्यापक सहभागिता गराउनुका साथै विद्यार्थीको हकहितका लागि अक्षय कोषको स्थापना गर्ने योजना रहेको घोषणापत्रमा उल्लेख गरेका छन्।

ad
ad