१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १२:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तीव्र गतिको मोटरसाइकल पसलभित्र छिर्दा तीनजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:३६:oo

दाङको तुलसीपुर उपमहानगरपालिका– ७ प्रसेनीमा तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको छ। सोमबार बिहान साढे १० बजेतिर तुलसीपुरतर्फ जाँदै गरेको रा.२प ७१७३ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई पसलमा छिरेको हो।

अनियन्त्रित मोटरसाइकल पसलमा छिर्दा प्रसेनीको घुम्तीनजिकै रहेको लोकबहादुर हलवाईको पसलमा क्षति हुनुका साथै तीनजना घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

घाइते हुनेमा मोटरसाइकलचालक तुलसीपुर– १८ ग्वारखोलाका १९ वर्षीय मनीष विक, मोटरसाइकलमा सवार सोही ठाउँका १७ वर्षीय सुरज महत र पसल सञ्चालक ४५ वर्षीय लोकबहादुर हलवाई रहेका छन्।

उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। टाउको, बायाँ हात र खुट्टामा चोट लागेका चालक विकको अवस्था मध्यम छ। मोटरसाइकलको पछाडि सवार महतको बायाँ खुट्टामा सामान्य चोट लागेको छ भने पसल सञ्चालक हलवाईको दायाँ खुट्टामा सामान्य चोट लागेको छ।

ad
ad