१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १२:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

युएसए ओपनमा एरिका र विप्लव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:२९:oo

युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा एसियाडकी ऐतिहासिक पदक विजेता एरिका गुरुङ र विप्लवलाल श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएका छन्।

अमेरिकाको टेक्सासमा मार्च २६ देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथि तथा विप्लवले पुरुष ८४ केजीमाथि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

एरिकाले गत असोजमा चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन्। एसियाली खेलकुदमा एरिकाले जितेको रजत कुनै पनि नेपाली कराते खेलाडीले जितेको पहिलो र एक मात्र हो। एरिका इन्डोनेसियामा भएको १०औँ विश्व सितोरियो कराते च्याम्पियनसिपकी स्वर्ण विजेता पनि हुन्। विप्लव १३औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता हुन्।

प्रशिक्षकमा दीपक श्रेष्ठ र कुशल श्रेष्ठ रहेका छन्। कुशलबाहेक तीन सदस्यीय टोली सोमबारै अमेरिका प्रस्थान गर्नेछ। कुशल भने मंगलबार जानेछन्।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे।

ad
ad