१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
गगन अयडी बाजुरा
२o८१ जेठ २ बुधबार १२:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बडीमालिकामा आगलागीबाट तीन घर जलेर नष्ट

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:१९:oo

बाजुरा जिल्लाको बडीमालिका नगरपालिका– ६ कोर्धमा आइतबार राति आगलागी हुँदा तीन घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। 

अम्म बडुवाल, बलबहादुर बडुवाल र बादुरे बडुवालको सँगै जोडिएका तीनतले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। दिउँसो कामबाट सदस्यहरू घर नफर्कँदै साँझ ७ बजेतिर घरमा आगोको मुस्लो देखिएको थियो।

बिजुलीको तार सर्ट भएर आगलागी भएको र आगलागीबाट लत्ताकपडा, खाद्यान्नसहित सबै सामान जलेर नष्ट भएको छ। मानवीय र पशुचौपायाको क्षति भने नभएको प्रहरीले जनाएको छ।

आगो स्थानीयवासी र जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले नियन्त्रणमा लिएका थिए।

ad
ad